• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरी बैंकले एकैदिन विस्तार गर्याे चार नयाँ शाखा

सेञ्चुरी बैंकले एकैदिन विस्तार गर्याे चार नयाँ शाखा

  • मङ्लबार, असार ५, २०७५
सेञ्चुरी बैंकले एकैदिन विस्तार गर्याे चार नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले मंगलबार झापा जिल्लाको चन्द्रागढी, मोरङ्ग जिल्लाको रङ्गगेली तथा सुनसरी जिल्लाको चतरा र झुम्कामा गरि चार स्थानमा एकसाथ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

आफ्नो बैंकिङ्ग पहुच पु¥याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गरेको बैंकले जनाएको छ ।

विस्तारित सबै शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका छन् ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानिय जनप्रतीनिधिहरु, स्थानिय व्यवसायीहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो ।

Facebook Comments

सम्बन्धित समाचार