• होमपेज
  • समाचार
  • कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता

कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता

  • मङ्लबार, असार ५, २०७५
कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले काठमाडौँ, चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग सम्झौता गरेको छ ।

सम्झौतामा कुमारी बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात् कुमारी बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्नेछन् ।

यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेद्धान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ८६ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्घारा सेवा दिइरहेको छ । त्यस्तै, बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा तथा भाईबर बैंकिंङ्ग सेवा पनि प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार