महालक्ष्मी विकास बैंक लि. तुलसीपुर शाखा कार्यालयमा कार्यरत कर्मचारी किसोर कुमार बडुकोे मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै दीवाङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गरेको छ ।
साथै बैंकले बैतडी शाखामा आयोजना गरेको एक कार्यक्रमका बीच शोक सन्तप्त परिवारलाई रु.७,००,०००÷– सहयोग गरेको छ । सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट रु. २५,०००÷– सहयोग गरेका छन् । उक्त रकमको चेकहरु स्व. बडुका पिता जनक बहादुर बडुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गरेका छन् ।