• होमपेज
  • समाचार
  • महालक्ष्मी विकास बैंकद्वारा सहयोग प्रदान

महालक्ष्मी विकास बैंकद्वारा सहयोग प्रदान

  • बुधबार, जेष्ठ १६, २०७५
महालक्ष्मी विकास बैंकद्वारा सहयोग प्रदान

महालक्ष्मी विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको साँफेबगर शाखाले मिति साँफेबगर नगरपालिका वडा नं ४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा बयलपाटा अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम सफल बनाउन बैंकका शाखा प्रबन्धक लक्ष्मण बहादुर साउद र बयलपाटा अस्पतालका डा. विकाश गौचन सहित पाँच सदस्यहरुको उल्लेख्य भूमिका रहेको थियो । कार्यक्रममा साँफेबगर नगरपालिकाका १४७ जना लाभान्वित भएका थिए ।

साथै बैंकको सुकेधारा शाखाले मिति २०७५÷०२÷११ गते नेपाल नेत्रहिन संघ सुकेधारा मार्फत विभिन्न ५० जना दृष्टिबिहिनहरुका लागि सेतो छडि एक समारोहका बिच वितरण गरेको छ ।

सुकेधाराका शाखा प्रबन्धक निरञ्जन कुईकेलले छडि वितरण गर्दै सामाजिक रुपमा असक्त व्यक्तिहरुप्रति बैंकले गरेको यस्तो प्रकारको सहयोग आगामी दिनहरुमा समेत जारी रहनुका साथै यो कार्य अन्य व्यक्ति तथा संघ संस्थाका लागि समेत प्रतिनिधि कार्यको रुपमा रहने विश्वास व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार