नविल बैंकको सहायक कम्पनी नविल इन्भेष्टमेन्ट बैंकिङले प्रमुख कार्यकारी अधिकृत र सञ्चालक परिवर्तन गरेको छ । कम्पनीले जनाए अनुसार बैंकिङमा नयाँ प्रमुख कार्यकारी अधिकृत( सिइओ)मा विनय राज रेग्मीलाई नियुक्त गरेको छ भने सञ्चालक समितिमा राहुल चौधरीलाई नियुक्त गरेको छ ।
रेग्मी नविल बैंकमा अपरेसन विभाग प्रमुखका रुपमा कार्यरत रहेका थिए भने चौधरी चौधरी ग्रुपका डाइेक्टर हुन । राहुल चौधरी चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका छोरा हुन ।