नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागुहुने गरि मूल्य बढाउने निर्णय गरेको आयल निगम सञ्चालक समितिका सदस्य अरबिन्द्र अग्रवालले जानकारी दिए ।
अग्रवालका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँ बढाइएको छ ।
मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।
यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।