• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

सन्राइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

  • आइतवार, बैशाख ३०, २०७५
सन्राइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नवढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

यसै क्रममा बैंकका गाःबहाल शाखाका ग्राहक राजेन्द्र बज्रचार्यको शल्यक्रिया गर्दाको क्रममा लागेको उपचार खर्च रु. २१,१९९।– बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी र नायब महाप्रबन्धक अपछ कुमार यादबले निजका पत्नी मैया बज्रचार्यलाई प्रदान गरेको हो ।

सन्राइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ ।

यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार