• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रदेश नं. १ मा गरिमा विकास बैंकका आठ शाखा संचालनमा

प्रदेश नं. १ मा गरिमा विकास बैंकका आठ शाखा संचालनमा

  • बुधबार, बैशाख २६, २०७५
प्रदेश नं. १ मा गरिमा विकास बैंकका आठ शाखा संचालनमा

गरिमा विकास बैंक लिमिटेडले प्रदेश नं. १ अन्र्तगत झापा, मोरङ र सुनसरी जिल्लाका आठ स्थानमा शाखा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको छ । बैंकले झापाको विर्तामोड, बूधबारे र बनियानी, मोरङको विराटनगर, विराटचोक र टंकीसिनवारी र सुनसरीको इटहरी र धरानमा शाखा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको हो ।

गत चैत्र २१ गत विराटनगर, वैशाख ९ गते इटहरी, वैशाख १६ गते बुधबारे, बैशाख १९ गते टंकीसिनवारी, जैशाख २३ गते विराटचोक र धरान एवम् वैशाख २४ गते बनियानीमा नयाँ शाखाहरु संचालनमा ल्याएको बैंकले जनाकारी दिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं.–२, लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । हाल गरिमा विकास बैंकका राजधानीमा छ शाखा कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा एटिएम संचालनमा रहेका छन् ।

गरिमा विकास बैंकले छिट्टै नै झापाको दमक, काठमाडौँको नयाँ बानेश्वर, भक्तपूरको सुर्यविनायक, ललितपूरको कुमारीपाटी, कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, दाङको घोराही र पोखराको रामबजारमा समेत शाखा कार्यालय स्थापना गर्दैछ ।

गरिमा विकास बैंकले वैशाख २४ गते सम्म १८ अर्ब ८० कराड रुपैयाँ निक्षेप संकलन गरि १७ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार