• होमपेज
  • समाचार
  • महालक्ष्मी विकास बैंक अध्यक्षद्वारा सपथ

महालक्ष्मी विकास बैंक अध्यक्षद्वारा सपथ

  • आइतवार, बैशाख २३, २०७५
महालक्ष्मी विकास बैंक अध्यक्षद्वारा सपथ

महालक्ष्मी विकास बैंकको १६औं वार्षिक साधारणसभाबाट बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित राजेश उपाध्यायले नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
१६औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा राजेश उपाध्याय, सञ्जय गिरी र राजेशकुमार रौनियारलाई र सर्वसाधारण शेयरधनीको तर्फबाट राहुल अग्रवाल, श्याम सुन्दर रुंगटा र रुपेन्द्र पौडेल चयन भएका छन् । सोसभाले शेयरधनीलाई चुक्ता पुँजीमा ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार