• होमपेज
  • समाचार
  • सांग्रिला र एलआईसीबीच बैंकास्योरेन्स सम्झौता

सांग्रिला र एलआईसीबीच बैंकास्योरेन्स सम्झौता

  • शुक्रबार, बैशाख २१, २०७५
सांग्रिला र एलआईसीबीच बैंकास्योरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) बिच बैङ्कास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

शुुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र लाइफ ईन्स्योरेन्स कर्पोरेशनका तर्फबाट उक्त कम्पनीका प्रमुुख कार्यकारी अधिकृत अभिजीत घोस दास्तिदारले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुुसार यस बैंकका ग्राहकहरुले बैंकको जुुन सुुकै शाखाबाट लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि.ले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज रुपले लिन सक्ने छन ।

यसरी बैंकले आफ्ना ४० वटा शाखाहरुबाट बैंकि¨ सेवाको अतिरीक्त सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

Facebook Comments

सम्बन्धित समाचार