• होमपेज
  • समाचार
  • माछापुच्छ्रे बैंकको ‘बीएलबी’ सेवा घान्द्रुकमा

माछापुच्छ्रे बैंकको ‘बीएलबी’ सेवा घान्द्रुकमा

  • शुक्रबार, बैशाख २१, २०७५
माछापुच्छ्रे बैंकको ‘बीएलबी’ सेवा घान्द्रुकमा

माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा एकशाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । शुक्रबार बैंकले कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं–१०, घान्द्रुकमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म १९ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मागर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानवाटसम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार