• होमपेज
  • समाचार
  • गाभिए मेगा र टुरिजम, वैशाख ३०देखि एकीकृत कारोबार

गाभिए मेगा र टुरिजम, वैशाख ३०देखि एकीकृत कारोबार

  • शुक्रबार, बैशाख २१, २०७५
गाभिए मेगा र टुरिजम, वैशाख ३०देखि एकीकृत कारोबार

मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड एकआपसमा गाभिएर वैशाख ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

शुक्रबार एक सूचना जारी गर्दै टुरिजम र मेगाले यस्तो जानकारी दिएका हुन् । एकीकृत कारोबार मेगा बैंक नेपाल लिमिटेडको नामबाट हुनेछ । मर्जरका लागि राष्ट्र बैंकले वैशाख ९ गते स्वीकृति प्रदान गरेको थियो भने कम्पनी रजिष्टारको कार्यालयबाट वैशाख १२ गते स्वीकृति पत्र प्राप्त भएको बैंकहरुले बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार