• होमपेज
  • अर्थ/वाणिज्य
  • पर्वत जिल्लामा प्रभुको नयाँ शाखा सञ्चालनमा

पर्वत जिल्लामा प्रभुको नयाँ शाखा सञ्चालनमा

  • बुधबार, बैशाख १९, २०७५
पर्वत जिल्लामा प्रभुको नयाँ शाखा सञ्चालनमा

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले पर्वत जिल्लाको विहादी गाउँपालिका वडा नं. ४ मा विहादी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालबाट एक समारोहका विच समुद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएका बैंकका विहादी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुका साथै उक्त गाउँपालिकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार