• होमपेज
  • अर्थ/वाणिज्य
  • एनसीसी बैंकद्वारा बेनीमा शाखा स्थापना

एनसीसी बैंकद्वारा बेनीमा शाखा स्थापना

  • आइतवार, बैशाख १६, २०७५
एनसीसी बैंकद्वारा बेनीमा शाखा स्थापना

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक (NCCB) ले म्याग्दी जिल्ला, बेनी नगरपालिका, वडा नं. ७ मा आइतबार शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका हुन् ।

शाखा उद्घाटन गर्दे न्यौपानेले बेनी क्षेत्रको आर्थिक प्रगतिको लागि बैंक सहायक हुने बताउँदै शाखा विस्तारसँगै बैंकले यस क्षेत्रका बासिन्दा, पेशा व्यवसायी आदिलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनसीसी बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा ५९.१ अर्ब निक्षेप संकलन गरी ५२.१२ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।

साथै सोही अवधिमा बैंकको खूद नाफा ५४.३१ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिको खुद नाफा१६.७६ करोड मात्र रहेको थियो ।

 

Facebook Comments

सम्बन्धित समाचार