• होमपेज
  • समाचार
  • अब दर्जनौं बैंकका अध्यक्षको जागिर चट्

अब दर्जनौं बैंकका अध्यक्षको जागिर चट्

  • आइतवार, बैशाख १६, २०७५
अब दर्जनौं बैंकका अध्यक्षको जागिर चट्

नेपाल राष्ट्र बैंकले हालै बैंक, विकास बैंक र वित्तिय कम्पनीको सञ्चालन सम्बन्धी निर्देशिका जारी गरेको छ ।
सो निर्देशिका विनियामवली २०७५ अनुसार अब बैंक, विकास बैंक र वित्तिय कम्पनीको सञ्चालक बन्न स्नाकोत्तर उत्तीर्ण हुनपर्ने भएको छ । भने अन्तै अनुभवी हुनपर्ने चर्को निर्देशन सार्वजनिक गरेपछि २८ वाणिज्य बैंक मध्ये २० वटाका अध्यक्षहरुको जागिर चट् हुने देखिन्छ । भने दर्जनौ विकास बैंक र धेरै वित्तिय संस्थाका अध्यक्ष र सञ्चालकहरुको पद जाने देखिन्छ ।

पैसा हालेको भरमा र सम्बन्धीत बैंकको समुहको मान्छेको भरमा सञ्चालक हुने दिन गएको छ । विभिन्न ग्रुपद्वारा सञ्चालित बैंक र वित्तिय कम्पनीमा विना लगानी दर्जनौ आफन्त सञ्चालक भएका छ । कतिपय ग्रुपद्वारा सञ्चालित बैंक र बीमा कम्पनीहरुमा बैंककै उच्च तहका कर्मचारीलाई सञ्चालक पद समेत दिएर दोहोरो तलब, भत्ता दिएको पाइएको छ ।

अब यो रोक्न जरुरी छ । आपना आफन्त र विश्वास पात्र सञ्चालक बनाएर आफु अध्यक्ष बन्ने विभिन्न ग्रुपद्वारा सञ्चालित बैंक बीमा कम्पनी, विकास बैंकमा अब सञ्चालकको एकाधिकार अन्त्य हुने देखिन्छ ।

आफन्त भर्ना गरि विभिन्न ग्रुपले बनाएको सञ्चालक समितिले बैंकमा हस्तक्षेप गर्न थालेपछि र सिइओलाई राजीनामा गर्न बाध्य बनाएपछि राष्ट्र बैंकले शैक्षिक योग्यता र अनुभवलाई राखी निर्देशिका जारी गरेको भेटिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार