• होमपेज
  • समाचार
  • माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने

माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने

  • शनिबार, बैशाख ८, २०७५
माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने

माछापुच्छ्रे बैंक र टर्की स्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेरहन काभीले हस्ताक्षर गरे

सम्झौतासँगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे बैंक पहिलो बैंक भएको छ । यसले टर्कीमा कार्यरत करिब १२ हजार नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन र टर्कीबाट युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै ६२ शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्की स्थित अक्टिफ बैंकको पूर्ण स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो । जसको टर्कीमा मात्र ४ हजार ७०० भन्दा बढी ग्राहक सेवा केन्द्र छन् । बैंकको ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १८ शाखा रहित सेवा सहित ८४ स्थानबाट बैंकिङ्ग सुबिधा तथा ८६ वटा एटीएमहरु सञ्चालनमा छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार