• होमपेज
  • समाचार
  • सनराइज बैंकद्धारा “स्वास्थ्य बीमा सुविधा” अन्तर्गतको उपचार खर्च वितरण

सनराइज बैंकद्धारा “स्वास्थ्य बीमा सुविधा” अन्तर्गतको उपचार खर्च वितरण

  • मङ्लबार, बैशाख ११, २०७५
सनराइज बैंकद्धारा “स्वास्थ्य बीमा सुविधा” अन्तर्गतको उपचार खर्च वितरण

सन्राइज बैंकले बचतकर्ता मैया बज्राचार्यको शल्यक्रियामा लागेको २१ हजार १९९ रुपैयाँ उपचार खर्च बितरण गरेको छ । बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि प्रदान गर्दे आएको “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत उक्त रकम प्रदान गरेको हो।

बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी र अपच कुमार यादबले उक्त रकम प्रदान गरेका हुन् ।

बैंकले आफ्ना बचतकताकोे स्वास्थ्य उपचार लाग्ने एक लाख रुपैयाँ नबढाई ग्राहकको बचत खातामा रहेको बार्षिक मौज्दातको २५ प्रतिशतले हुने आउने सबै भन्दा कम रकमको दाबी गर्ने सक्ने बताएको छ ।

बैंकले आफ्ना ग्राहक दुर्घटनाबाट मृत्यू तथा पूर्णरुपमा अशक्त भएमा ५ लाख नबढ्ने गरि बचत खातामा रहेको रकमको ४ गुणासम्म दाबि गर्न सक्ने पनि बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई सामुहिक दुर्घटना बीमा सुबिधा र स्वास्थ्य बीमा सुविधा दिदैआएको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार