• होमपेज
  • समाचार
  • मेगा र टुरिजमबीचको मर्जर अन्तिम चरणमा

मेगा र टुरिजमबीचको मर्जर अन्तिम चरणमा

  • शुक्रबार, बैशाख ७, २०७५
मेगा र टुरिजमबीचको मर्जर अन्तिम चरणमा

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यी दुई बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले  अन्तिम स्वीकृति प्रदान गरेको छ ।

बैंकको स्थापनकालदेखि अवस्था हेर्ने हो भने कारोबार संचालनमा आएको डेढ वर्षमा जनता बैंकसँग मर्जरमा जाने तयारी गरेको थियो । तर, आन्तिरिक किचलोको कारणले मर्जर प्रक्रिया अघि बढ्न सकेन । यद्यपि दुवै बैंकमा नेकपा एमाले निकटका अधिकांश ब्यक्तिहरु संस्थापक शेयरधनी रहेको बुझिन्छ ।

पश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँगको मर्जरका कारण बैंकको शेयर कारोबार २०७१ साल माघ १५ गतेदेखि रोकिएर २०७३ साल जेठ १६ गते कारोबार सञ्चालनमा आएको थियो । दुई बैंकको मर्जरको प्रक्रियालाई लिएर बैंकले १६ महिना कारोबार रोकेको थियो । मेगा र पश्चिमान्चल गाभिदा मेगाको स्वाप रेसियो १०४.२५ र पश्चिमान्चलको ६७ कायम भएको थियो ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि पछिल्लो समय मेगा बैंकको सञ्चालक समितिले गत माघमा नै टुरिजम डेभलपमेन्ट बैंकसँग र्मजर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । दुई बैंकबीच मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिज्जमको ९५ रुपैयाँ कायम गरेर मर्जरमा जाने निर्णय भएको थियो । मर्जर प्रक्रियाका लागि दुवै बैंकको सेयर कारोबार २०७३ माघ ९ गते देखि रोक्का रहेको छ ।

हकप्रद सेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी सात अर्ब ५६ करोड पुगेको छ । टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर नौ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार