• होमपेज
  • समाचार
  • एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

  • बिहिबार, बैशाख ६, २०७५
एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले बुधबार उक्त शाखाको उद्घाटन गरेको हो ।

बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्र जंग शाहि तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

हालै भएको कमेल्स रेटिङमा मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार