• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण

माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण

  • सोमवार, बैशाख ३, २०७५
माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण

माछापुच्छ्रे बैंक लिमिटेडले बैशाख १ गते नव बर्षको उपलक्ष्यमा भिमदत्त नगरपालिका, कञ्चनपुर स्थीत महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त आश्रमलाई खाद्यान्न वितरण गरेको हो ।

आश्रमले प्रदेश नं ७ का ९ वटै जिल्लाका जेष्ठ नागरिक ४७ जना, हिंसा पिडित महिला ८ जना र हिंसा पिडित बालबालिका ८ जना गरि जम्मा ६३ जनालाई संरक्षण गरिरहेको जनाएको छ । आश्रमलाई छ महिना सम्म पुग्ने बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार