• होमपेज
  • समाचार
  • एन आई सी एशिया क्यापिटलको एन आई सी एशिया ग्रोथ फण्ड सूुचिकृत

एन आई सी एशिया क्यापिटलको एन आई सी एशिया ग्रोथ फण्ड सूुचिकृत

  • सोमवार, बैशाख ३, २०७५
एन आई सी एशिया क्यापिटलको एन आई सी एशिया ग्रोथ फण्ड सूुचिकृत

एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३। ५२ करोड ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूुचिकृत भएकोे छ ।

७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट मिति २०७४/०९/११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरि मिति २०७४/१०/०२ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो ।

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूुचिकृत भई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्न मिल्ने छ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । एन आई सी एशिया ग्रोथ फंड दोश्रो बजारमा “NICGF” नाममा कारोबार हुने छ ।

म्युचुअल फण्ड संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्ध, एक लाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चार बटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ । एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पुर्णरुपमा नलाग्ने व्यवस्था गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार