• होमपेज
  • समाचार
  • माछापूछ्रे बैंकको सीईओमा सुमन शर्मा नियुक्त

माछापूछ्रे बैंकको सीईओमा सुमन शर्मा नियुक्त

  • शुक्रबार, चैत्र ३०, २०७४
माछापूछ्रे बैंकको सीईओमा सुमन शर्मा नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । निरज श्रेष्ठले कार्यकाल बाँकी छँदै राजिनामा गरेपछि माछापूच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो ।

अहिले ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका शर्माले केही महिना अगाडि माछापूच्छ्रे बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा गरेका थिए । माछापुच्छ्रेमा जानुअघि उनी एनएमबी बैंकको सहायक महाप्रबन्धक थिए ।

शर्माले सन् १९९७ मा नेपाल एसबिआई बैंकमा  अधिकृत स्तरबाट बैंकिङ करिअर सुरु गरेका थिए । यस आधारमा हेर्दा, शर्मासँग २० वर्ष लामो बैंकिङ अनुभव रहेको छ । शर्मा जोखिम तथा कर्जा लगानीका क्षेत्रमा अब्बल मानिन्छन् ।

Facebook Comments

सम्बन्धित समाचार