• होमपेज
  • अर्थ/वाणिज्य
  • भरतपुरको चोकबजार एनआइसी

भरतपुरको चोकबजार एनआइसी

  • सोमवार, चैत्र २६, २०७४
भरतपुरको चोकबजार एनआइसी

एनआईसी एशिया बैंकले भरतपुर महानगरपालिका-६, चोक बजारस्थित गीतानगरमा शाखा खोलेको छ। शाखाको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरेका छन्।

उद्घाटनपछि मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार गर्ने रणनीति अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताइन्। सञ्चालक अर्यालले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने बताए।

Facebook Comments

सम्बन्धित समाचार