नवीनतम व्यवसायिक सोचलाई उद्यमका रूपमा स्थापित गर्न चाहने व्यक्तिहरुलाई सघाउन अन्तरप्रेरणा प्रा.लि.ले काठमाडौंमा ‘नव उद्यमशाला’ नामको एकमहिने गहन तालिम कार्यक्रमको ‘तेस्रो ब्याच’ आयोजना हुने भएको छ ।
विशेषगरी नवउद्यमी (स्टार्टअप) तथा उद्यमशील सोचयुक्त व्यक्तिलक्षित यो कार्यक्रमको आगामी ब्याच अन्तरप्रेरणाले आगामी अप्रिल २३ देखि – मे २३ (वैशाख १० देखि जेठ ९) सम्म एक महिना संचालन गर्दैछ । सहभागिताका लागि आगामी वैशाख ६ गतेसम्म आवेदन खुला गरिएको छ ।
व्यवसाय सुरु गर्न सोच तथा पुँजी भएका तर कसरी गर्ने भन्ने व्यासायिक ज्ञान र उचित निर्देशनको कमी भएकालाई कम्पनी दर्ताको चरणदेखिकै आवश्यक सीपहरू अभिवृद्धिमा मद्दत गर्ने अभिप्राय यो तालिम कार्यक्रमको रहेको छ । यसका लागि सम्बन्धित क्षेत्रका स्तरीय प्रशिक्षकहरूबाट तालिम अवधिभर थुप्रै सेसनहरु संचालन हुनेछन् ।
नव उद्यमशालाबाट सहभागीले आफ्नो उद्यमशील सपना वा सोचलाई व्यवसायमा बदल्न आवश्यक सम्पूर्ण ज्ञान, सीप तथा कौशलहरु मिहिन ढंगले तिखार्ने अवसर पाउनेछन् ।
यसका साथै तालिमका दक्ष प्रशिक्षकको सहयोगमा आफ्नो व्यवसायको व्यापारिक ढाँचा तयार पार्न र वास्तविक ग्राहकसंग परीक्षण पनि गर्न सक्नेछन् । साथै, कार्यक्रमपछि पनि यसमा सहभागिले सुरु गर्ने व्यवसायको निरन्तर अनुगमन गरिनेछ ।
सहभागीहरुले प्रत्येक दिन हाम्रा अनुभवी मेन्टरहरुबाट दुई घण्टा सामुहिक परामर्श पाउनुका साथै विभिन्न स्थानमा एमभीपी (मिनिमम भायबल प्रडक्ट) प्रदर्शनी पनि हुनेछ । साथै, सहभागीले नेटर्वकिगंमार्पmत साझेदार तथा लगानीकर्तासँग भेट तथा छलफल गर्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् ।
नव उद्यमशालाको दोस्रो संस्करणको सफलता पछि हामी गर्वका साथ भन्न सक्छौं हाम्रो यसअघिका दुई ब्याचका कार्यक्रममा सहभागी २४ उद्यमीहरुले आफ्ना उद्यमशील सोचलाई व्यवसायतर्पm उन्मुख गराउन सफल भएका छन् । ती सहभागी उद्ययमीहरुको उत्साहजनक प्रतिक्रियाका कारण नै हामीले दुई महिनाको अन्तरमै नै तेस्रो संस्करण सुरु गर्ने भएका हौं ।
तालिमलाई बढी प्रयोगात्मक, अन्तरक्रियात्मक र परिणाममुखी बनाउने उद्देश्यले सीमित सीट संख्या राखेर संचालनमा ल्याइएको ‘नव उद्यमशाला’को पहिलो ब्याचबाटै सहभागिता जनाउन चाहनेको संख्या उल्लेख्य भएपछि अन्तरप्रेरणाले यसलाई आफ्नो ‘फ्ल्यागशीप’ कार्यक्रमका रुपमा नियमित ब्याचमा संचालन गर्ने गरी अघि बढाएको हो ।
नेपाली स्टार्टअप इकोसिस्टमको क्षेत्रमा नवउद्यमशाला एउटा नयाँ प्रयास भएको कम्पनीको विश्वास छ ।
अघिल्लो वर्षबाट सुरु यो कार्यक्रम यसअघि यसैवर्षको फेब्रुअरीमा आयोजना भएको थियो । दुई ब्याचमा गरी जम्मा २४ जनाले सहभागीता जनाएका थिए । तेस्रो ब्याचमा बढीमा १५ जनालाई सहभागी गराइनेछ ।