• होमपेज
  • समाचार
  • सनराइज बैंकद्वारा थप दुईवटा शाखा बिस्तार

सनराइज बैंकद्वारा थप दुईवटा शाखा बिस्तार

  • आइतवार, चैत्र २५, २०७४
सनराइज बैंकद्वारा थप दुईवटा शाखा बिस्तार

सनराइज बैंक लिमिटेडले आइतबार रौतहटको दुर्गाभगवती गाउँपालिका र जुम्लाको गुठीचौर गाउँपालिकामा आफ्नो दुईवटा नयाँ शाखाहरु बिस्तार गरेको छ ।

दुर्गाभगवती गाउँपालिकामा गाउँपालिका अध्यक्ष अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादबले संयुक्त रुपमा उद्घाटन गरे । त्यसैगरि गुठीचौर गाउँपालिकामा गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारी र बैंकका नायब महाप्रबन्धक रविन नेपालले संयुक्त रुपमा उद्घाटन गरे ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७८ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार