• होमपेज
  • अर्थ/वाणिज्य
  • नविल इन्भेष्टमेन्टको सिइओमा सविरबादे नियुक्त,

नविल इन्भेष्टमेन्टको सिइओमा सविरबादे नियुक्त,

  • शनिबार, चैत्र १७, २०७४
नविल इन्भेष्टमेन्टको सिइओमा सविरबादे नियुक्त,

नबिल इन्भेष्टमेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा सविरबादे श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको ६८ औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

उनी विगत २ बर्ष देखि नबिल ईन्भेष्टमेन्टमा प्रमुख ईन्भेष्टमेन्ट बैंकिङको जिम्मेवारीमा थिए। श्रेष्ठले लण्डनबाट एसीसीए गरेका हुन्  भने काठमाण्डौ युनिर्भसिटीबाट इएमबिए गरेका हुन्।

उनले ६ बर्ष लण्डनमा रहेको विश्वको ५ औं ठूलो अडिट फर्म बिडिओ इन्टरनेशनलमा कर वित्त र अडिटमा रहेर काम गरेका थिए।नविल आउनुअघि उनले एनआर्इविएल क्यापिटलमा तीन वर्ष सिनियर म्युचुअल फण्ड म्यानेजरको रुपमा काम गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार