• होमपेज
  • फिचर
  • माग्यो अख्तियारले ढुंगानाका घोटाला फाइल

माग्यो अख्तियारले ढुंगानाका घोटाला फाइल

  • शनिबार, चैत्र १७, २०७४
माग्यो अख्तियारले ढुंगानाका घोटाला फाइल

भूपेन्द्र आचार्य । नेपाल बंगलादेश बैंकका सदाबहार सीइओ एवं नेपाल बैंकर संघका विवादास्पद अध्यक्ष ज्ञानेन्द्र ढुंगानाका सम्पूर्ण फाइल बैंकमार्फत् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको हो ।

जग्गा खरिद, कर्जा दिएका, गाडी खरिद लगायत उनले सही गरेका ५ करोडभन्दा माथिका सम्पूर्ण फाइल अख्तियारले राष्ट्र बैंकमार्फत् झिकाएको अख्तियार उच्च स्रोतको दाबी छ । गत २०७४÷०९÷०५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्बर २१५३३ मा दर्ता भएको उजुरीमाथि छानबिन गरी अख्तियारले राष्ट्र बैंकलाई पत्राचार गरिसकेको स्रोतको दाबी छ ।

विवादास्पद बैंकर ढुंगानाको तेस्रो कार्यकाल एनबी बैंकका सीइओमा थप गरेपछि शेयरधनी, लगानीकर्ता र बैंकका एक सञ्चालकले अख्तियार र राष्ट्र बैंक शुद्धिकरण विभागमा उजुरी दर्ता गरेका थिए ।

आफ्नै ससुरा सूर्यनाथ उपाध्याय अख्तियारको पूर्वप्रमुख भएको र आफूमाथि कारबाही गर्न कसैले नसक्ने भन्दै हिँडेका ढुंगाना अब छानबिनको घेराउमा पुगेका हुन् । वामसरकार आएपछि बैंकको घोटाला काण्डमा प्रधानमन्त्री केपी ओलीले चासो देखाएपछि अख्तियारले बैंकर ढुंगानाका घोटाला फाइल राष्ट्र बैंकमार्फत् झिकाएको स्रोतको दाबी छ ।

अष्ट्रेलियाको ग्रीनकार्ड (नागरिकता) बोकेर एनबी बैंकमा जनताको पैसामा फुपूको श्राद्ध गरेका ढुंगानालाई कांग्रेसी भएकै कारण डिपुटी गभर्नर शिवराज श्रेष्ठले पटक–पटक कारबाही हुनबाट बचाउँदै आए पनि अब उनको केही नलाग्ने भएको प्रष्टै छ ।

रक्सी र तरुनी भएपछि जो पनि गर्न तयार हुने ढुंगानाले राष्ट्र बैंकका डिपुटी गभर्नर शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक नारायण पूसाद पौडेललगायत दर्जनौंलाई मदिरापान गराई बैंकबाटै जनताको पैसा खर्च गर्ने गरेको एनबी बैंकका एक सञ्चालकले राजतिलक साप्ताहिकलाई बताए । उनले थपे, ‘साँझ ६ बजेपछि ढुंगाना, राष्ट्र बैंकका डिपुटी गभर्नर श्रेष्ठ, कार्यकारी निर्देशक पौडेल लगायत दर्जनौंलाई मदिरापान गराई कारबाही नगर्ने आग्रह गर्दै आएका छन् ।

ती सञ्चालकले नाम नखोल्ने शर्तमा भने, ‘एपेक्स विकास बैंकको २ अर्बभन्दा बढी घोटाला काण्डमा ढुंगानाले कांग्रेसी एनसीसी बैंकका सञ्चालक विष्णु धिताललाई बचाउन पटक–पटक गभर्नर डा. चिरन्जीवी नेपालसँग भेट गराई फाइल १४ महिना गायब गर्न लगाएका थिए । पछि अख्तियार र सीआइबीको दबाबपछि एपेक्स बैंक घोटाला काण्डको फाइल छानबिनको घेराउमा पुगेको हो ।

नेपाल बैंकर संघका नालायक अध्यक्ष ढुंगाना यस्ता व्यक्ति हुन् जो रक्सी र युवती पाएपछि जे पनि गर्न तयार हुन्छन् । रक्सीले मातेपछि आफ्नै पेन्टको चेन खुस्किएको पत्तो पनि पाउँदैनन् । कांग्रेसी गभर्नर डा. नेपाल र डिपुटी गभर्नर श्रेष्ठलाई हातमा लिएर एनबी बैंकलाई दुहुनो गाई बनाएका ढुंगाना जेल जान सक्ने प्रष्टै छ ।

जनताको पैसामा फुपूको श्राद्ध गर्ने ढुंगानाकै कारण गभर्नर डा. नेपाल र डिपुटी गभर्नर श्रेष्ठ विवादमा तानिएपछि प्रधानमन्त्री केपी ओलीले बैंक घोटालामा चासो देखाउँदै आएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार