• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु बैंकले बाग्लुङको बडिगाड गाउँपालिकामा नयाँ शाखा खोल्यो

प्रभु बैंकले बाग्लुङको बडिगाड गाउँपालिकामा नयाँ शाखा खोल्यो

  • बिहिबार, चैत्र १५, २०७४
प्रभु बैंकले बाग्लुङको बडिगाड गाउँपालिकामा नयाँ शाखा खोल्यो

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ५ स्थित बैंकको वडिगाड शाखा वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा बाट एक समारोहका विच समुद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा बागलुङ जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सञ्चालनमा आएको बैंकको वडिगाड शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार