• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइजको बानियाटार शाखा स्थानान्तरण

सन्राइजको बानियाटार शाखा स्थानान्तरण

  • आइतवार, चैत्र १८, २०७४
सन्राइजको बानियाटार शाखा स्थानान्तरण

सन्राइज बैंक लिमिटेडले बानियाटार शाखालाई काठमाडांै जिल्ला, टोखा न.पा. वडा नं. ८ (साविकको स्थानबाट करिव ३० मि.को दुरी) मा स्थानान्तरण गरेकोे छ ।

एक कार्यक्रम बीच बैंकका मोतीलाल दुगडले बानियाटार शाखाको समुद्घाटन गरेका हुन् । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो ।

त्यसैगरि बैंकले सेन्ट्रल पार्क विशालनगरमा एटिएम संचालनमा ल्याएको छ । सेन्ट्रल पार्क एटिएमको उद्घाटन सेन्ट्रल पार्कका कल्याण पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७६ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार