• होमपेज
  • समाचार
  • एपेक्स घोटालाः धिताल मुख्य योजनाकार

एपेक्स घोटालाः धिताल मुख्य योजनाकार

  • शनिबार, चैत्र १०, २०७४
एपेक्स घोटालाः धिताल मुख्य योजनाकार

‘एउटा टेम्पो ड्राइभर रातरात कसरी बैंकको सञ्चालक भए ?’ एक बैंकरले प्रतिप्रश्न गर्दै भने, ‘बैंकिङ नक्सा नै नबुझेको मान्छेलाई बैंकजस्तो संवेनदशील, जनताको विश्वास बोकेको संस्थाको अध्यक्षजस्तो गरिमामय पद दिएकै कारण २ अर्ब भन्दा बढी पैसा घोटाला भएको हो ।’

ती बैंकरका यी शब्द सुन्दा लाग्छ बैंकिङ ज्ञान, बौद्धिक व्याक्तित्व र बैकिङ नम्स नभएका दर्जनौं व्यक्ति अझै बैंकिङ प्रणालीमा छन् । फेरि अरू बैंकमा पनि यस्ता डरलाग्दा घटना नघट्लान् भन्न सकिँदैन ।

विष्णु धिताल राजनीतिक व्यक्तित्व पनि हुन् । उनी कांग्रेस पार्टीका महासमिति सदस्य हुन् तर, रातारात उनी एउटा समूह बनाएर एपेक्स विकास बैंकमा अध्यक्ष बन्न पुगेर बैंकमा अफिस नै खडा गरी कर्मचारी सरह बैंक कब्जा गर्र्दै गए । उनी अध्यक्ष भएपछि तत्कालीन बैंकका सीइओ गोविन्द प्रसाद उपाध्यायले राजीनामा दिए ।

यसको फाइदा लिँदै धितालले बैंकभित्रै हस्ताक्षेप गरे र सारा जनताको डिपोजिटको रकम कसरी खाने भनेर योजना बनाउँदै अगाडि बढे । त्यहीबेला एपेक्स बैंक र एनसीसी बैंक मर्जरको सहमतीमा हस्ताक्षर भयो । तर पनि उनी कत्ति पनि बिचलित नभई बैंकलाई आफ्नै पार्टीजस्तै गरी कब्जामा लिई लुट मच्चाउन थाले ।

उनको बास सधैं अन्नपूर्ण होटलमा हुने गरेको थियो । आफ्नो साथीभाइहरू भेला गर्दै जग्गा खोजी ल्याउन आग्रह गरेर लोन दिने योजना बनाए । योजना अनुसार उनले मर्जरको सहमती भएपछि पनि ५०/५० लाखको फाइल खडा गरी खोला, बगर, भीरपाखाको लालपूर्जा भेला गरी नक्कली ऋणी प्रवाह गर्दा मर्जर समितिलाई एक वचन पनि सोधेनन् । उनलाई बैंकका अरू सञ्चालक र व्यावस्थापन टिमका उच्च सबै कर्मचारीले साथ दिए ।

‘मर्जर सहमती भएको करिब ११ महिनाको बीचमा उनले २ अर्बभन्दा बढी कर्जा प्रवाह गरेका थिए । आफ्नो यस्तो कर्तुत बाहिर निस्कने डरले पत्रकार बोलाइ–बोलाई अन्तर्वार्ता दिए । कहिले बैंक बनाउने त कहिले नाफा दिने भन्दै काम एकातिर कुरा अर्कोतिर गरेर ठगी गरेको फल धितालले अहिले पाएका छन्,’ एक पुराना कर्मचारीले आक्रोश पोख्दै राजतिलक साप्ताहिकलाई बताए ।

एनसीसी बैंकसँग मर्ज भएसँगै धिताल एनसीसी बैंकको पनि सञ्चालक बने । यो बीचमा एनसीसी व्यावस्थापन टिमले एपेक्स बैंको कर्जा प्रवाह फाइल अध्यायन गर्यो र कर्जा नउठेपछि लोन प्रोभिजन समेत ग¥यो । तर धिताल कत्ति पनि बिचलित भएनन् । उनले नेपाली कांग्रेसका नेता पूर्व महामन्त्री प्रकाशमान सिंहमार्फत् डिपुटी गभर्नर शिवराज श्रेष्ठमार्फत् कारबाही नगर्न हारगुहार गरे तर, उनको केही लागेन । आज उनी प्रहरीको खोरमा छन् ।

‘नेपाली जनताको २ अर्बभन्दा बढी डिपोजिटबाट जम्मा भएको रकम नक्कली कर्जा फाइल जम्मा गरिखाने धिताल र उनीसँगै पक्राउ परेका एपेक्स विकास बैंकका सञ्चालकहरू र उच्च कर्मचारीहरूलाई कानून बमोजिम सजाय हुन जरुरी छ,’ एक कर्मचारीले राजतिलक साप्ताहिकलाई बताएका छन् ।

समाचार स्रोत भन्दछ, ‘जब विष्णु धिताल एपेक्स बैंकको अध्यक्ष भए, त्यसदिनदेखि नै सीइओ गोविन्द उपाध्यायलाई हटाउँदै उनले जनताको पैसामा फुपूको श्राद्ध सुरु गरे । आज एनसीसी बैंकको बदनाम भयो । बैंकको सीइओको छविमा प्रश्न आयो ।

यो बैंकका लागि राम्रो संकेत होइन । एनसीसी बैंकले खराब कर्जा भेटेपछि प्रोभिजन गरेको छ तर, बदनाम एनसीसी बैंक भएको छ । यो दुर्भाग्यपूर्ण कुरा हो एनसीसी बैंकका लागि ।’ स्मरणीय रहोस्, धितालजस्ता बैंकिङ प्रणाली नबुझेका सञ्चालक बैंकमा भित्र्याउनु नै ठूलो दुर्घटना निम्त्याउनु हो । राजतिलक साप्ताहिकबाट

Facebook Comments

सम्बन्धित समाचार