• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइज र ‘खल्ती’ बिचसम्झौता

सन्राइज र ‘खल्ती’ बिचसम्झौता

  • शुक्रबार, चैत्र ९, २०७४
सन्राइज र ‘खल्ती’ बिचसम्झौता

सन्राइज बैंक र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्राइज बैंककातर्फ बाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीका तर्फ बाट प्रबन्ध निर्देशक मनीष मोदिले बिहिबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता अनुसार सन्राइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैकिङ्ग सुबिधा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र सो मार्फत विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नु हुनेछ । २६ जनवरी २०१७ बाट नेपाली बजारमा आरम्भ भएको ‘खल्ती’, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो ।

‘खल्ती’ एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ्ग तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ । हाल ‘खल्ती ’ प्रयोगकर्ताहरुको संख्या ७,००,००० भन्दा बढि रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार