• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरी बैंक र सानिमा लाइफबीच बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी बैंक र सानिमा लाइफबीच बैंकास्योरेन्स सम्झौता

  • सोमवार, फाल्गुन २१, २०७४
सेञ्चुरी बैंक र सानिमा लाइफबीच बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सोमबार बैंकास्योरेन्सको सम्झौता भएको छ ।सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार