• होमपेज
  • मनोरञ्जन
  • सुरु भयो नेपाल आईडल-२ को अडिसन

सुरु भयो नेपाल आईडल-२ को अडिसन

  • सोमवार, फाल्गुन २१, २०७४
सुरु भयो नेपाल आईडल-२ को अडिसन

अन्तरास्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ पहिलो सिजनको सफलतापछि यसको दोश्रो सिजन पनि हुने भएको छ । केही समय अघि दोश्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले भर्खरै अडिसन मिति र स्थान पनि सार्बजनिक गरेको छ ।

देशका कुना कन्दरामा बसेरा आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि यो निकै ठूलो अवसर र स्थान बनेर आएको छ । पहिलो सिजनमा देशभरको ७ मुख्य सहरबाट उत्कृष्ट जादुमय स्वर भएकाहरूले मौका पाएका थिए भने दोश्रो सिजनमा देशभरका ६ शहरबाट जादुमय स्वरहरु छानिने छन् ।

नेपाल आईडलको पहिलो सिजनले सुरुवात देखि, सुखद समापन समेत गर्न पाएको थिएन । अब दोस्रो सिजनले कस्तो उपलब्धि हासिल गर्ने हो भन्ने कुरा भने सबैमा खुल्दुली छ । आउदो चैतबाट अडिसन हुने दोश्रो सिजनमा तपाईको सहभागिता निकै उत्साहजनक हुनेछ ।
नेपाल आईडलको दोश्रो सिजनलाई पनि पछिल्लो समय निकै लोकप्रिय क्यामेरा फोन ओप्पोले नै मुख्य प्रायोजन गरेको छ । पहिलो सिजनमा पनि ओप्पो नै मुख्य प्रायोजक रहेको थियो । बिजेताले के पाउने भन्ने बिषयमा हाललाई खुलाईएको छैन ।
Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा