• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

जनता बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  • आइतवार, फाल्गुन २०, २०७४
जनता बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

जनता बैक नेपाल लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडबिच बैंककास्योरेन्स सेवा  सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा सिद्धार्थ इन्स्योरेन्सको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । यसबाट एकै स्थानबाट बैंकिङ सेवाका अतिरिक्त बीमा सम्बन्धि सुविधाहरु पनि प्राप्त गर्न सकिने हुँदा ग्राहकहरुले सहज महशूस गर्ने अपेक्षा गरिएको छ ।

बैंकको आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत झन्झटरहित जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरतासँगै उक्त सम्झौता गरिएको हो । सम्झौतापत्रमा जनता बैंक नेपाल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठ र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक मुरारी रेग्मीले हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार