• होमपेज
  • फिचर
  • गभर्नरका प्यारा तीन बैंक दुर्गम जानुनपर्ने ?

गभर्नरका प्यारा तीन बैंक दुर्गम जानुनपर्ने ?

  • आइतवार, फाल्गुन २०, २०७४
गभर्नरका प्यारा तीन बैंक दुर्गम जानुनपर्ने ?

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालका प्रिय बैंक र सीईओहरूले स्थानीय तहमा बैंक लैजानुनपर्ने, अरू बैंकले धमाधम शाखा खोल्नुपर्ने यो कस्तो निर्देशन हो ?

अहिले विणिज्य बैंकहरू स्थानीय तहका अत्यान्तै दुर्गम गाउँपालिकामा शाखा धमाधम खोल्दै छन् तर गभर्नर डा. नेपालका कांग्रेसी भनाउदा सीईओहरू बैंकको शाखा खेल्ने सुरसारमै छैन भन्दा अचम्म लाग्ला तर यो सत्य हो । शाखा सञ्जालका हिसाबले अत्यान्तै कम ५० भन्दा पनि तल शाखा रहेका हिमालयन बंैक, नेपाल बंगलादेश बैंक र बैंक अफ काठमाण्डुले स्थानीय तहमा शाखा खोलेका छैनन् ।

उनीहरूले राष्ट्र बैंकमा हामी यो–यो ठाउँमा जान्छौं भनेर गत वर्ष नै नाम पठाए पनि खोल्ने सुरसार नै गरेका छैनन् । यी तीन बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना, अशोक राणा र सुहनदेव पन्त गभर्नर डा. नेपालका प्रिय पात्र हुन् । यहीकारण उनीहरूलाई सबैकुरा गर्न छुट छ ।

एक डिपुटी गभर्नरले भने, ‘गभर्नर डा. नेपाल धक्कु लगाउने र शाखा खेल्न आलटाल गर्ने यी तीन बैंकमाथि अब कारबाही गर्दैछौं । देश संघीयतामा गयो र संघीयताको सरकार बनेको छ ।अर्थज्ञाता पूर्व गभर्नर अर्थमन्त्री बनेको अवस्था छ । त्यसकारण यस्ता निर्देशन नमान्ने यी तीन बैंक र तिनका सीईओहरूलाई अब माथिबाटै कारबाही हुन्छ ।’

यी तीन बैंकमा दिर्जनौं काण्ड भए पनि राष्ट्र बैंकका गभर्नर डा. नेपालले कहिल्यै कारबाही नै गरेनन् । स्पष्टीकरणसमेत नसोधेको राष्ट्र बैंकको दाबी छ ।

राणा, ढुंगाना र पन्त नेपाली कांग्रेसप्रित आस्था राख्ने भएकै कारण उनीहरूलाई सबैकुराको छुट दिएको प्रष्टै छ । ५० भन्दा कम शाखा सञ्जाल भएका हिमालयन, नेपाल बंगलादेश र बैंक अफ काठमाण्डुले गत वर्ष नै कहाँ–कहाँ शाखा खेल्ने भनेर राष्ट्र बैंकमा नाम पठाए पनि अझै उनीहरूले स्पष्ट धारणा पेश गरेका छैनन् ।

अझ सबै वाण्ज्यि बैंकहरूले धमाधम दुर्गम गाउँपालिकाहरूमा शाखा खोलिरहेका छन् । गभर्नरको यो कस्तो निर्देशन हो आफ्ना प्यारा बैंक र बैंकरलाई नलाग्ने ।

पत्रकारले समाचार लेखेवापत धम्काउने ढुंगाना, राणा र पन्तलाई अब वामपन्थी सरकारका अर्थमन्त्रीले कस्तो कारबाही गर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ । स्मरणीय रहोस्, ढुंगाना, राणा र पन्त भएका बैंकमा सधैं चोरी काण्ड, ठगी काण्ड, कमिसन काण्ड भए पनि उनीहरू माथि कहिल्यै कारबाही भएको छैन । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार