• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्स बैंकको एकै पटक ३ शाखा विस्तार

सिटिजन्स बैंकको एकै पटक ३ शाखा विस्तार

  • सोमवार, फाल्गुन १४, २०७४
सिटिजन्स बैंकको एकै पटक ३ शाखा विस्तार

संघीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ क्षेत्रहरु, ७६६ वटै स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको चाहना अनुसार नेपालको बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६८ औं शाखा कास्कीको सिमलचौरमा संचालनमा ल्याएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुलाई देशैभरी फैलिएका यस बैंकको ६८ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

उक्त शाखाका प्रवन्धक अरुण अधिकारीेले यस क्षेत्रमा कृषि कर्जा , पशु पालन, पर्यटन तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र बैंक यस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आतुर रहेको कुरा जानकारी गराए ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार