• होमपेज
  • समाचार
  • लक्ष्मी बैंकद्धारा प्रहरी चौकीलाई सहयोग

लक्ष्मी बैंकद्धारा प्रहरी चौकीलाई सहयोग

  • आइतवार, फाल्गुन १३, २०७४
लक्ष्मी बैंकद्धारा प्रहरी चौकीलाई सहयोग

लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको अवसरमा भोक्राहामा प्रहरी चौकी निर्माणको लागि रु ५ लाखको सहयोग प्रदान गरेको छ ।

सोे शाखा कार्यालयको समुद्घाटन समाराहमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समिति का अध्यक्ष महेन्द्र कुमार शाहलाई रु ५ लाखको चेक प्रदान गरेका हुन् ।

उक्त समारोहमा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालयका अधिकृत, वडाध्यक्ष, उद्योग बाणिज्य संघ भोक्राहाका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो ।

गाउँपालिका प्रमुख यादवले लक्ष्मी बैंकको सहयोग प्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी ३ महिना भित्र प्रहरी चौकी निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार