• होमपेज
  • समाचार
  • कावासोती र चनौलीमा एनसीसी बैंक

कावासोती र चनौलीमा एनसीसी बैंक

  • बुधबार, माघ २४, २०७४
कावासोती र चनौलीमा एनसीसी बैंक

 

एनसीसी बैंक लि.ले नवलपरासी जिल्ला, कावासोती नगरपालिका, वडा नं. २, कावासोती र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८, चनौलीमा शाखाहरु स्थापना गरेको छ ।

कावासोती शाखाको समुद्घाटन गर्दै एनसीसी बैंकको संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंकले गुनासो रहित कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैंकहरु मध्ये नमुना बैंक बनाउन आफुहरु क्रियाशील रहेको भन्दै सेवाग्राहीकै सुझावको आधारमा बैंकका गतिविधि संचालन गरिने बताएका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले बैंकका गतिविधिहरुको वारेमा प्रकाश पारेका थिए ।

भरतपुर महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल, वडा नं. २० का वडाध्यक्ष मणिलाल तामाङ्ग र वडा नं. १८ का वडाध्यक्ष् दिपक लामाले चनौली वजारमा शाखा संचालन भएकोमा सफलताको शुभकामना दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले चनौली क्षेत्रको समग्र आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यले यस ठाउँमा शाखा संचालनमा ल्याएको बताए ।

Facebook Comments

सम्बन्धित समाचार