• होमपेज
  • समाचार
  • प्रभु बैंकको निक्षेप तथा कर्जा लगानी बढ्यो

प्रभु बैंकको निक्षेप तथा कर्जा लगानी बढ्यो

  • सोमवार, माघ १५, २०७४
प्रभु बैंकको निक्षेप तथा कर्जा लगानी बढ्यो

 

प्रभु बैंक लिमिटेडले आव २०७४/७५ को दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी १४ प्रतिशतले वृद्धि गरी २१ दशमलव ५९ रुपैयाँ रहेको छ । जसले खुद मुनाफा ६३ करोड ४९ लाख रुपैयाँ कमाएको छ । तर अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ४२ प्रतिशतले कमि हुन आएको छ ।

अघिल्लो वर्षको सोहिअवधिमा ५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको प्रभु बैंक लिमिटेडले ११ दशमलव ०९ प्रतिशतले वृद्धि गरी हाल ६ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ पुयाएको छ । जसले ५० प्रतिशत हकप्रद शेयर पनि वितरण गरेर ८ अर्ब रुपैयाँ पुर्याउने भएको छ । बैंकले जगेडाकोषमा १२० दशमलव ०१ प्रतिशतले वृद्धि गरी ३ अर्ब १० करोड ७१ लाख रुपैयाँ राखेको छ ।
बैंकले निक्षेप तथा कर्जा लगानी पनि बढाएको छ । बैंकको खुद व्याज आम्दानी तथा संचालन मुनाफा घटेको हुदा खुद मुनाफा पनि घटेको हो । बैंकले ५१ करोड २४ लाखरुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंक (PRVU) ले निष्कृय कर्जा शुन्य दशमलव ७६ प्रतिशतले घटेर ४ दशमलव १२ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति ११ दशमलव २४ प्रतिशत रहेको छ । जसको तरलता अनुपात २२ दशमलव ५३ प्रतिशत, मुल्य आम्दानीको अनुपात ११ दशमलव ५८ गुणा र प्रतिशेयर नेटवर्थ १६३ दशमलव ९२ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार