• होमपेज
  • समाचार
  • सानिमा बैंकको थप ४ वटा शाखा बिस्तार

सानिमा बैंकको थप ४ वटा शाखा बिस्तार

  • सोमवार, माघ १५, २०७४
सानिमा बैंकको थप ४ वटा शाखा बिस्तार

 

सानिमा बैंक लिमिटेडले थप ४ वटा शाखा बिस्तार गरेको छ । बैंकले पोखराको अमरसिंह, बगर र बिरौटामा साथै सोमबार दाङ्गको तुलसीपुरमा एक गरी ४ वटा नयाँ शाखा कार्यालयबाट बैंकिङ्ग सेवा थप बिस्तार गरेको हो ।

पोखरा तथा दाङ्गको शाखा कार्यालयहरुको उद्घाटन् सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड एम्बेस्डर ‘मह जोडी’ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य द्वारा संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।

साथै उनले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै अमरसिंह, बगर, बिरौटा र तुलसीपुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यालयमा बोल्दै मह जोडीले पोखरामा थप शाखा संचालनमा आएकोमा पोखरावासीलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सवल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार