• होमपेज
  • समाचार
  • महालक्ष्मी बैँकद्धारा विद्यालयलाई सहयोग वितरण

महालक्ष्मी बैँकद्धारा विद्यालयलाई सहयोग वितरण

  • मङ्लबार, माघ ९, २०७४
महालक्ष्मी बैँकद्धारा विद्यालयलाई सहयोग वितरण

 

महालक्ष्मी बिकास बैँक लि. शाखा कार्यालय परासीले वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर मनरी–५ तिलौली नवलपरासीे स्थित त्रिमूर्ती प्राथमीक विद्यालयलाई एक समारोह बिच २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा रामग्राम नगरपालीकाका मेयर नरेन्द्र गुप्ता प्रमुख अतिथी तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद राय अतिथीका रुपमा उपस्थित भएका थिए ।

महालक्ष्मी बिकास बैँकको यो सहयोगले अहिलेको आधुनीक युगमा, शहरमा जस्तै गाउँ गाउँमा पनि विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न विद्यालय समर्थ भएकोमा रामग्राम नगरपालीकाका मेयर नरेन्द्र गुप्ताले बैँकको यो कार्य सराहनीय भएको टिप्पणी गरेका थिए, भने सरावल गाँउपालीका बडा नं २ का अध्यक्ष शम्भु प्रसाद चौधरीले बैँकलाई धन्यवाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा त्रिमूर्ती प्राथमीक विद्यालयका प्रधानाध्यापक मस्जीद अलि अन्सारीले आफ्नो विद्यालयलाई छानेर सहयोग गरेकोमा महालक्ष्मी बिकास बैँक लि. लाई धन्यवाद ब्यक्त गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार