• होमपेज
  • समाचार
  • सिद्धार्थ बैंकले एकै साथ चार वटा शाखा विस्तार

सिद्धार्थ बैंकले एकै साथ चार वटा शाखा विस्तार

  • सोमवार, माघ ८, २०७४
सिद्धार्थ बैंकले एकै साथ चार वटा शाखा विस्तार

सिद्धार्थ बैंकले सुनसरीको गढि गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहिको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा एकै साथ चार वटा शाखा विस्तार गरेको छ ।
शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको बृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकिङ्ग पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ ।

विभिन्न नयाँ शाखाहरुको स्थापनाका साथै बैंकले गठ्ठाघर शाखालाई पर्याप्त पार्किङ्ग र ग्राहकमैत्री वातावरणसहितको गठ्ठाघरमै अवस्थित नयाँ आधुनिकतम भवनमा स्थानान्तरण गरेको छ । बैंकले छिटो, सरल र सहज बैंकिङ्ग सेवा ग्राहक समक्ष पुर्याउने उद्देश्यले उक्त शाखाको स्थानान्तरण गरेको हो । आइतबार एक कार्यक्रमकाबीच बैंकको प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले उक्त शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार