• होमपेज
  • बीमा
  • नेको इन्स्योरेन्सको हकप्रद आउँदै

नेको इन्स्योरेन्सको हकप्रद आउँदै

  • सोमवार, माघ ८, २०७४
नेको इन्स्योरेन्सको हकप्रद आउँदै

 

आउँदो माघ २६ गतेदेखि नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई बराबर एकको अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
माघ ८ गतेसम्मका सेयरधनीहरुले उक्त शेयरमा चैत्र १ गतेसम्म आवेदन दिन पाउँनेछन् ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३९ करोड २० लाख रुपैयाँ बराबरको ३९ लाख २० हजार नौ सय २८ कित्ता सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका सबै शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय बाट हकप्रद सेयरका लागि आवेदन दिने पाइनेछ ।

Facebook Comments

सम्बन्धित समाचार