• होमपेज
  • देश
  • कोरियाका लागि श्रम सहचारी बास्तोलालाई सम्मान

कोरियाका लागि श्रम सहचारी बास्तोलालाई सम्मान

  • सोमवार, माघ ८, २०७४
कोरियाका लागि श्रम सहचारी बास्तोलालाई सम्मान

एन आर एन दक्षिण कोरिया र आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको संयुक्त रुपमा आयोजित नेपाली प्रवासीहरुको बढ्दो विभिन्न समस्याहरुलाई समधानका निम्ती कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा बृहत अन्तरक्रिया कार्यक्रमका आयोजना सम्पन्न भयो ।

सो कार्यक्रमा नेपालबाट कोरियामा रोजगारका लागि आएका प्रवासी नेपालीहरुको समस्याहरुका विषयमा बृहत अन्तरक्रिया गरिएको थियो । सो कार्यक्रममा नब नियुक्त श्रम सहचारी डिल्लिराम बास्तोला, कोरियामा नेपाली प्रवासीहरुको हक हितको पक्षमा काम गर्ने विभिन्न संघ–संस्थाका प्रतिनिधीहरु, मजदूर लगायत अन्य कोरियमा नै व्यवसाय गरि बसेका नेपालीको उपस्थिति रहेको थियो ।

उपस्थिति प्रतिनिधिहरुले प्रवासी कोरियाली नेपालीहरुलाई परेमा समस्याहरु र व्यवसायमा भएका समस्यामा चर्चा परिचार्चा गरेका थिए ।

कार्यक्रममा श्रम सहचारी बास्तोला कोरिया आएको र नेपाली मजदूरहरुको समस्याहरु के के हुन पहिचान गरी समाधनका आवश्यक पहल गर्ने बताएका छन् ।

सो कार्यक्रमा श्रम सहचारी बास्तोलालाई एन आर एन दक्षिण कोरिया र आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको संयुक्त रुपमा आयोजित स्वागत तथा अन्तर्क्रिया कार्यक्रम एन आर एन जनजाती महा संघ, नेपाल सम्पर्क समिती, शेर्पा संघ दक्षिण कोरिया लगयात अन्य बिभिन्न संघ संस्था द्वारा खादा लगाई सम्मान तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार