• होमपेज
  • विचार/ब्लग
  • नाफा घटे पनि ब्याज घटेन

नाफा घटे पनि ब्याज घटेन

  • मङ्लबार, माघ २, २०७४
नाफा घटे पनि ब्याज घटेन

नेपाली अर्थतन्त्रमा बैंकहरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । जनताले व्यापार व्यवसाय गर्न बैंकबाट कर्जा लिन्छन् । अहिले बैंकहरुको नाफा घटेको छ । तर कर्जा व्याजदर र निक्षेप ब्याजदर भने घटेको छैन । हालै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ ।

पैसा बैंक मार्फत नै खर्च भएको हुनु पर्दछ । तर बैंकमा तरलता अभाव बहाना बनाउँदै बैंकहरु कर्जा व्याजदर घटाउँदैनन् । केही बैंकहरुले १४÷१५ प्रतिशत ब्याजदर घटाएर ११÷१२ प्रतिशतमा झारे पनि अधिकाशं बैंकहरुले ब्याजदर घटाएका छैनन् । बैंकहरु चुपचाप बसी तरलता अभाव भन्दै ब्याज घटाउँदैनन् । जनता महँगो ब्याज तिरिरहेका छन् । यो खोजीको विषय अब बन्नै पर्दछ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अधिकाँशको नाफा बृद्धिदर घटिरहेको छ । केहीकेहीको त नाफा घटेकै पनि छ । नाफा घट्नुको प्रमुख कारण पोहोरको असर हो । बैंकिङमा आज गरेको कामको असर आजै देखिँदैन । विस्तारै देखिन्छ । यसपाली पोहोर सालको असर देखिएको हो ।

पोहोर साल बैंकहरुले सुरुमा लगानी ह्वात्तै बढाए । तरलता दर माथि गयो । त्यो बढेको ब्याजका कारण बैंकको खर्च बढ्यो । खर्चका कारण आम्दानी खास बृद्धि हुन सकेन । बैकिङमा अहिले देखिएको समस्या नीतिभन्दा पनि बजारको फन्डामेन्टलका कारण भएको हो । अहिले व्यापार घाटा उच्च रहेको र विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्सको बृद्धिद्धर पनि घटिरको छ ।

सरकारी विकास खर्च खासै छैन । यसले गर्दा सस्तोमा निक्षेप उपलब्ध हुँदैन । व्यक्तिगत वा संस्थागतलाई महँगो ब्याज तिरेर निक्षेप लिनुपर्छ । पछिलो तीन वर्षदेखि तरलतामा स्थिरता छैन । यसो हुँदा बजार प्रक्षेपण गर्न असहज हुन्छ । यही कारण बैंकहरुको नाफामा पनि असर परेको छ ।

बैंकिङ क्षेत्रको ड्राइभर भनेको निक्षेप नै हो । त्यसको बृद्धि सहजरुपमा नभएसम्म अरुतिर सुधार हुँदैन । यसले नाफालाई असर गरिरहन्छ । ब्याजदर महँगो भइरहन्छ । निक्षेपमा दिने र कर्जामा लिने ब्याज अन्तर खुम्चिएको छ, आधार दरभन्दा तल पनि ऋण गएको छ । यो प्राविधिक पाटो हो ।

बास्तवमा सस्तो निक्षेप उपलब्ध नभएसम्म समस्या जहाँको त्यहीँ रहन्छ । राष्ट्र बैंकको नीतिका कारण चुक्ता पुँजी चार गुणाले बढेको छ । पुँजी बजारको आवश्यकता थियो कि थिएन भनेर हेर्न जरुरी थियो । बजारको विस्तार पुँजीसँग तालमेल गरेर भएन । पुँजी मात्र बढ्दा त बैंकिङ अलिकति प्यानिक त भइहाल्छ । समग्रमा पुँजीसँगै तरलता र योसँगै ब्याज बृद्धिले अहिले केही समस्या देखिएको पक्कै हो ।

जे जे भएपछि तरलता बढेको बेला व्याज घटाउने र कम भएको बेला व्याज बढाउने नियम छ तर लामो समय ब्याज नघट्नुको पछाडिको रहस्य भनेको बैंकहरुको नाफा ओरालो लाग्नु नै हो । पुँजी वृद्धिदरसँगै राइट र बोनस शेयर बिक्री गरिरहेका बैंकहरुसँग पैसा छैन भन्दा पत्याउने गाह्रो छ । तर बैंकहरु भनिरहेका छन् । तरलता अझै अभाव छ । यो कस्तो देश हो जे गर्न पनि छुट ? नेपाल राष्ट्र बैंकले तत्कालै बैंकहरुको निरीक्षण गरी ब्याजदर घटाउन पहल गर्नु पर्ने देखिन्छ । आर्थिक बजार मासिक

Facebook Comments

सम्बन्धित समाचार