राजीव गिरी चिनाई राख्नु पर्ने नाम होइन बैंकिङ क्षेत्रमा २५ वर्ष विताएका गिरी हाल कुमारी बैंकको निमित्त सिइओ हुनुहुन्छ । स्ट्याण्र्डड चार्टड बैंकबाट बैंकिङ करिएर शुरु गरिेका गिरी अन्त्यन्तै भद्र–भलाद्मी बैंकरका रुपमा परिचित हुनुहुन्छ । सन् २००१ मा स्थापना भएको कुमारी बैंकमा केही वर्ष देखि कामु सिइओको जिम्मेवारी लिई सञ्चालन गरेका गिरीले फाइनान्समा MBA गर्नु भएको छ ।
स्ट्याण्र्डड चार्टड बैंकमा रहँदा हासिल गरेको विशेष अनुभव र दखललाई कुमारी बैंकमा उपयोग गरेका गिरीसँग आर्थिक बजारका प्रधानसम्पादक भूपेन्द्र आचार्यले बैंकको पूँजी बृद्धि, बैंकको समग्र अवस्था र पुनःनिर्माणमा बैंकहरुको भूमिका लगायतका विषयमा गरेको कुराकानीका केही अंशः
बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
बैंकको हालको वित्तीय अवस्था अत्यन्त्यै सवल छ । निष्क्रिय कर्जा अनुपात विगत ५ वर्षकै न्युनतम विन्दुमा रहेको छ । देशको विषम परिस्थितिमा अत्यन्तै सावधानी पूर्वक लगानी गर्नुपर्ने भएकोले केही समय पहिलासम्म हामी ऋयलतचयििभम न्चयधतज को अवस्थामा थियौं ।
यस वर्षको चैतसम्मको नतिजा हेर्ने हो भने निक्षेप तथा कर्जा क्रमशः करिब रु. ३५ अर्ब र २९ अर्बको हाराहारीमा रहेको
छ । यसैगरी बैंकको संचालन मुनाफा तथा खुद मुनाफा गएको वर्षको तुलनामा क्रमशः ३९% र ४१% ले वृद्धि भै
रु. ४३.८१ करोड र ३५.५० करोड पुग्न गएको छ । आउँदो अषाढमा यहाँहरुले बैंकको मुनाफालगायत वासलातमा थप उल्लेख्य वृद्धि भएको देख्न सक्नु हुनेछ ।
८ अर्ब पुँजी पुर्याउने के–कस्ता योजना छन् ?
बैंकको पुँजी विस्तार योजना अनुरुप नै हामी अघि बढिरहेका छौं । जस अनुसार हामी लगायत ६ वटा वित्तीय संस्थाहरु एक आपसमा गाभिने सम्झौतासमेत सम्पन्न भैसकेको छ । यस सम्बन्धि कार्यलाई अन्तिम रुप दिनका लागि आउँदो असार ३१ गते विशेष साधारण सभा आह्वान गरिएको छ । यस मर्जर पश्चात बैंकको चुक्ता पुँजी स्वतः ८ अर्ब पुग्नेछ ।
हाल कति शाखा सञ्जाल, कर्जा र निक्षेपकर्ताहरु रहेका छन् ?
कुमारी बैंकको हाल काठमाडौं उपत्यका भित्र ११ वटा शाखा र एउटा Extension Counter तथा उपत्यका वाहिर २५ वटा शाखा र एउटा Extension Counter गरी जम्मा ३६ वटा शाखा र २ वटा Extension Counter संचालनमा रहेका छन् । बैंकको ATM संख्या ४६ रहेको छ । बैंकका निक्षेपकर्ताहरुको संख्या हाल करिब २ लाख जति रहेको छ ।
शाखा रहित बैंकिङ र मोबाइल बैंकिङमा तपाईंको बैंकपछि परेको सत्य हो ?
बैंक एउटा नाफा मुलक संस्था भएकोले यसको नेटवर्कको विस्तार मुनाफा तथा औचित्यताको आधारमा मात्र गर्ने गरिन्छ । हाम्रो बैंकले पूर्ण सुविधा युक्त Moblie Bankingसेवा प्रदान गर्दै आइरहेको छ जसमा उल्लेख्य ग्राहक संख्या छन् । यद्यपि यो सेवा उपयोग गर्ने ग्राहकहरुको संख्यामा वृद्धि हुनकालागि आम जनतामा यस सम्वन्धि जनचेतना हुनु अत्यन्त जरुरी छ । मर्जरपछि उल्लेख्य संख्यामा ल्भतधयचप को विस्तार हुने हुँदा सो कुरालाई पनि ध्यानमा राखेर हाल शाखा रहित बैंकिङ विस्तारमा त्यति फोकस नगरिएको हो ।
पुरानो कर्जा उठाउने कुरा कहाँ पुग्यो ?
बैंकको निष्क्रिय कर्जाहरु क्रमश असुल उपर भैरहेका छन् । हाल बैंकको निष्क्रिय कर्जा अनुपात विगत ५ वर्षकै न्युनतम तहमा रहेको छ । आ. व. २०७२÷७३ को अन्त्यसम्ममा उल्लेख्य मात्रामा निष्क्रिय कर्जा असुली गर्ने तथा गैर बैंकिङ सम्पत्ति किक्री गर्नेतर्फ बैंक व्यवस्थापन विशेष रणनीति तथा लगनसिलताका साथ लागिपरेको छ ।
प्रसंग बदलौँ, नेपाल राष्ट्र बैंकले २ प्रतिशतमा भूकम्प पीडितलाई दिने भनेको कर्जामा यस बैंकले कति लगानी गरेको छ ?
यो स्किम अन्तर्गत बैंकले हालसम्म कसैलाई कर्जा प्रदान गरेको छैन । यद्यपि प्रक्रिया पुर्याई आएको खण्डमा हामी सहज रुपमा यो कर्जा भूकम्प पीडितलाई उपलब्ध गराउने छौं ।
हालै बैंकर र राष्ट्रिय पुननिर्माण प्राधिकरण बीच भूकम्प पीडितलाई पैसा बैंक मार्फत पुर्याउने सम्झौता भयो । यो सम्झौताबाट पीडितले दुर्गममा पैसा पाउने सम्भावना छ ?
कुनै पनि बैंकको शाखा नभएको ठाउँमा राहत वितरण गर्न केही समस्या त हुन्छ तर यस्तो विपत समयमा राष्ट्र र जनतालाई सहयोग गर्नु हाम्रो कर्तव्य हुन जान्छ । Nepal Bankers Association मा यस सम्वन्धि छलफल भैरहेको छ । हामी आवश्यक परेको खण्डमा नगद बोकेर लगेर भएपनि भूकम्प पीडितलाई राहत उपलब्ध गराउने छौं । हाल बैंकले ओखलढुंगा शाखाबाट राहत वितरण कार्य गर्न सुरु गरिसकेको छ ।
तपाईंको बैंकले गत वर्ष गएको भूकम्प पीडितहरुलाई के–कस्तो राहात दिएको छ र के कस्ता राहत कार्य गर्नु
भयो ?
बैंकले गत वर्ष गएको भूकम्पको प्रकोपमा परी आफ्नो बासस्थान गुमाएकाहरुका लागि पुनर्वासमा सहयोग होस् भन्ने उद्देश्यले रु. ४६ लाख वराबरको जस्ता पाता तथा कुमारी घरको आन्तरिक मर्मतको लागि रु. ५ लाख नगद गरी कुल
रु. ५१ लाख सहयोग प्रदान गरेको थियो । उक्त राहत बैंक संचालक समिति र व्यवस्थापनको संयुक्त पहलमा भूकम्प प्रभावित क्षेत्रमा सोझै गई वितरण गरेका हौं ।
अब तपाईंको अगाडि बैंक बनाउने कस्तो चुनौती छन् त ?
हालको प्रमुख चुनौती भनेको रु. ८ अर्बको चुक्ता पुँजी पु¥याउनु हो । पुँजी वृद्धि पश्चात शेयरधनीहरुलाई पहिलाकै दरमा प्रतिफल दिन सक्नु त्यसपछिको चुनौती हो । लगानीकर्ताको प्रतिफललाई mबष्लतबष्ल गर्न बैंक बननचभककष्खभ रुपमा व्यवसाय वृद्धिमा लाग्नु पर्ने हुन्छ जसले धेरैै खालका जोखिमहरु निम्त्याउन सक्छन, जसको व्यवस्थापन उचित तवरले गर्न सक्नुपर्दछ । संचालन जोखिमको व्यस्थापन लगायत पुँजी वृद्धि पश्चातको ठूलो संस्थामा आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्थापन पनि थप चुनौतीपूर्ण नै देखिन्छ ।
बैंकको लकर भित्र अपराधिक क्रियाकलापमा प्रयोग हुने हातहतियार फेला परेको छ । बैंकहरुले अब लकर हेर्न पाउनु पर्ने हो ?
सर्वसाधारणको धनमाल सुरक्षित तवरले राख्नु बैंकको काम हो । तर, त्यसलाई दुरुपयोग गर्ने खालका कामहरु बेला बेलामा हुने गर्छन् । त्यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्छ । बैंकको लकर भित्र अपराधिक क्रियाकलापमा प्रयोग हुने हातहतियार फेला पर्नु दुखद कुरा हो । बैंकहरुले त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न आवश्यक प्रक्रिया अपनाउने छन् ।
बैैंक लकर के को लागि हो र किन दिइन्छ ?
बैैंकहरुले सुरक्षित तवरले बहुमूल्य सामान राखी दिने उद्देश्यले लकर अवधारणा ल्याएको हो । जुन उद्देश्यले लकर ल्याइएको हो । त्यही उद्देश्य परिपूर्ति गर्नका लागि लकरको उपयोग गर्नु पर्छ । सेवाग्राहीले त्यसको दुरुपयोग गर्नु हुँदैन र बैंकहरुले पनि दुरुपयोग हुने गरी लकर दिनु हुँदैन् ।
पछिल्लो समय बैंकहरुमा तरलता कम भएको हो ?
राजनैतिक अस्थिरतालगायत नाका अवरोधको असरले यस वर्षको पहिलो आधा समयमा कर्जाको माग न्युन रह्यो । सोही अवधिमा विप्रेष्णमा भएको वृद्धिले स्वतः अधिक तरलताको अवस्था सिर्जना भयो । यद्यपि फागुन महिनापश्चात कर्जामा उल्लेख वृद्धि भयो र हाल तरलता केही असहज अवस्थामा रहेको मलाई लाग्दछ । सरकारी खर्च तथा बजेट निकासाको वृद्धिवाट यो परिस्थिति क्षणिक रहने मेरो अनुमान छ ।
भूकम्प पछिको नाकाबन्दीले बैंकहरुलाई खासै असर नपारेको देखिन्छ । सत्य हो ?
तराई आन्दोलन र सीमामा भएको अवरोधको बावजुद पनि बैंकले आफ्नो कर्जा लगानी, निक्षेप तथा मुनाफामा सन्तोषजनक वृद्धि हासिल गरेका छन् । खुद मुनाफामा भने चैत मसान्तसम्म कर्जा नोक्सानी व्यवस्था तथा ब्याज आम्दानीमा नेपाल राष्ट्र बैंकले दिएको सहुलियतका कारण सकारात्मक प्रभाव परेको हुन सक्छ ।
यद्यपी यस वर्षको अन्तमा भने उक्त सहुलियत नहुने हुनाले कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भई खुद मुनाफामा केही असर पर्ने अनुमान गर्न सकिन्छ । तथापि तेस्रो तथा चौथो त्रैमासमा हुने लगानी विस्तारले थप सकारात्मक नतिजा आउने सम्भावना समेत रहेको छ ।
आर्थिक वर्षको सुरुवाती महिनाबाट तराई बन्द तथा सीमामा देखिएको अवरोधका कारण अन्योलको वातावरण सिर्जना हुँदा कर्जाको मागमा सिथिलता आयो जसले गर्दा वाणिज्य बैंकहरुमा अधिक तरलता भई निक्षेपको ब्याजदर निक्कै घट्न गयो । पछिल्लो समय बैंकको लगानीमा भएको उत्साहजनक वृद्धिले समग्र नाफाको वितरणमा त्यति असर परेको देखिँदैन । प्रभावित व्यवसायवाट कर्जामा हुन सक्ने सम्भावित नोक्सानी तुरन्तै नदेखिनुपनि एउटा कारण हुन सक्छ ।
अन्य व्यवसाय सँधै धरापमा चल्ने बैंक सँधै नाफा कमाउनु पर्ने यो कारण के हो ?
अरु व्यवसाय संकटमा पर्दा बैंकिङ क्षेत्रमा पनि त्यसले असर पुर्याउँछ । व्यवसायीले व्यवसाय गर्नका लागि ऋण लिएर गएनन् भने बैंकमा पैसा थुप्रिन पुग्छ । यसले बैंकको नाफामा असर पार्छ । व्यवसायी धरापमा परे बैंकको नाफा पनि खुम्चन्छ ।
पुनःनिर्माणमा बैंकर र बैंकको भूमिका कस्तो हुनु पर्दछ ?
देश भूकम्प तथा त्यस लगत्तैको नाका अवरोध जस्ता घटनाहरुको कारण जटिल अवस्थामा गुज्रिरहेको समयमा हामीले व्यक्तिगत तथा संस्थागत दुवै हैसियतमा देशको पुननिर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकजुट भएर लाग्नु पर्दछ । राज्यले पुनन्र्मिाणका लागि बनाएका नीति तथा योजनालाई सफल पार्न आ—आफ्नो तहबाट उचित योगदान पनि गर्नु पर्दछ ।
हालै सार्वजनिक भएको बजेटमा तपाईंको धारणा के छ ?
सरकारले ल्याएको हालको बजेट अत्यन्तै उत्साहपूर्ण र विकाश केन्द्रित छ । यसले सवै क्षेत्र तथा जनतालाई खुसीको अनुभूति दिने प्रयास गरेको छ । यसको कार्यन्वयन पक्ष भने चुनौतीपूर्ण देखिन्छ ।
हालै सदनमा छलफलमा रहेको बैंकको वाफिया लागू भएपछि बैंक भित्रको बैंकिङ अपराध कम हुने हो ?
मुलुकको वस्तुनिष्ठ यथार्थ तथा International best practice को आधारमा तयार गर्न लागिएको वाफिया सकारात्मक देखिन्छ । नयाँ वाफियाले बैंकिङ क्षेत्रमा देखिएका विकृतिलाई थप नियन्त्रण गर्नेछ भन्ने मैले विश्वास लिएको छु । तत्काल समस्या देखिए तापनि यसले भविष्यमा बैंकिङ क्षेत्रमा Professionalism विकाश गर्न र असल प्रणाली स्थापित गर्न मद्धत गर्नेछ भन्ने मलाई लाग्दछ ।
राष्ट्र बैंकले कृषिमा ५ प्रतिशत लगानी गर भनी रहँदा बैंकरले किन लगानी नगरेर कागतमा मात्रै देखाउने गर्नु भएको होला ?
बैंकहरुले कृषिमा लगानी बढाएका छन् । कुमारी बैंकलेपनि कृषिलाई प्राथमिकतामा राखेर ऋण प्रवाह गरिरहेको छ । कृषि व्यवसायीकरण तथा जोखिम न्यूनीकरण गर्ने भरपर्दो स्रोत विकशित नहुँदासम्म कृषिमा लगानी उल्लेख्य वृद्धि हुन कठिन देखिन्छ । तर कुमारी बैंकले हाल नेपाल राष्ट्र बैंकद्वारा जारी कृषि तथा उर्जा क्षेत्रमा लगानी तोके बमोजिम नै गरिरहेको छ ।
बैंकको पुँजी वृद्धिले ठूला लगानी गर्न मद्दत पुर्याए पनि ति लगानीको जोखिम बढ्ने देखिन्छ यसलाई कसरी लिनुहुन्छ ?
पुँजी बृद्धिपछि बैंकहरुले लगानी पनि बढाउनु पर्ने हुन्छ । लगानी गर्ने पैसा छ भनेर जथाभावी लगानी गर्न थालियो भने जोखिम बढ्छ नै । तर, सजगताका साथ लगानी गर्ने हो भने जोखिम बढने सम्भावना नै हुँदैन् ।
तपाईंको बैंकको उर्जा र कृषिमा कति लगानी छ त ?
कुमारी बैंकले कृषि तथ जलविद्युत क्षेत्रतर्फ प्रयाप्त लगानी गरेको छ । यस बैंकले चालु आवको चैत मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा तोके अनुरुप (कुल कर्जाको १२ %) नैै लगानी गरेको छ । उक्त लगानीमा यस आर्थिक वर्षको अन्त्यसम्ममा थप वृद्धि हुने अपेक्षा रहेको छ ।
भूकम्पपछि घर, अपाटर्मेन्टमा लगानी घटेको हो ?
भूकम्पपछि बैंकहरुले अपार्टमेन्टमा खासै लगानी गरेको देखिँदैन । तर घर जग्गामा भने बैंकहरुले लगानी घटाएका छैनन् ।
अहिलेको पुननिर्माण बैंकहरुको लागि अवसर हो कि, चुनौती हो ?
पुननिर्माण बैंकहरुको लागि अवसर हो । बैंकहरुले प्रशस्त लगानी गर्न सक्छन् र त्यसबाट मुनाफा पनि बैंकको बढ्ने छ ।
अन्त्यमा के छ ?
उपभोक्ता कर्जा एवं साना तथा मझौला कर्जा र बचत तथा चल्ती निक्षेपमा वृद्धि हाम्रो मुख्य प्राथमिकता रहेका छन् । सञ्चालन दक्षता बढाउनका लागि प्रक्रिया स्वचालिकरणमा थप दक्षता हासिल गर्ने तथा पूर्ण रुपले ग्राहकमुखी बैंकको रुपमा अघि बढ्ने योजना रहेको छ । कुमारी बैंकलाई अझै सुद्रिढ र प्रतिस्प्रधात्मक बैंकको रुपमा स्थापित गराउन म लगायत कर्मचारीहरु कटिबद्ध छन् । आर्थिक बजार मासिक