• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्ने

प्रभु बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्ने

  • मङ्लबार, पुस १८, २०७४
प्रभु बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्ने

प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल प्रभु बैंकको चुक्तापुँजी पाँच अर्ब ८८ करोड १४ लाख २१ रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद जारी गरिसकेपछि बैंकको चुक्तापुँजी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार आठ सय रुपैयाँ पुग्नेछ । फागुन ३ गतेसम्म खुला सेयरमा पुस २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार