• होमपेज
  • देश
  • सानो भर्‍याङमा माइक्रोबसले ठक्कर दिँदा सैनिक हवल्दारसहित दुई जना घाइते

सानो भर्‍याङमा माइक्रोबसले ठक्कर दिँदा सैनिक हवल्दारसहित दुई जना घाइते

  • मङ्लबार, कार्तिक २१, २०७४
सानो भर्‍याङमा माइक्रोबसले ठक्कर दिँदा सैनिक हवल्दारसहित दुई जना घाइते

काठमाडौं,कार्तिक २१ –

काठमाडौंको स्वयम्भूस्थित सानो भर्‍याङमा माइक्रोबसले ठक्कर दिँदा सैनिक हवल्दारसहित दुई जना घाइते भएका छन् । गएराति ग १ ख २९८१ नम्बरको माइक्रोले बा ३६ प ६५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।

राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर २ घर भई हाल युद्ध भैरव गणमा कार्यारत सैनिक हवल्दार केशव बुढाथोकी र मोटरसाइकलको पछाडि सवार प्रकाश बुढाथोकी रहेका घाइते भएका छन्। घाइते दुवैको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न माइक्रोसहित चालकलाई स्वयम्भू प्रहरीले नियन्त्रणमा लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार