काठमाडौँ,कार्तिक १८ –
टिकट नपाएपछि सवै पार्टीमा केहि कार्यकर्ता रूष्ट भएका छन कुनै कुनै ठाँउमा बबाल मच्चाएर भाँडभैलो भएको छ । तर, एक उम्मेदवार दुई वटा पार्टीबाट समानुपातिक सभासद्को सूचीमा परेकी छिन् ।
दाङकी गंगा चौधरी सत्गौवा एमाले र नयाँ शक्ति पार्टीको समानुपातिक सूचीमा छिन् । शुरुमा चौधरीलाई नयाँ शक्तिले सिफारिस गरेको थियो । पछि उनी एमालेबाट पनि सिफारिसमा परेकी छिन् ।
निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको सूचिमा चौधरीको नाम एमाले र नयाँ शक्ति दुवैको सूचीमा परेको छ ।
थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिकबाट गंगा चौधरी सत्गौवा गत फागुन २ गते नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । त्यसबेला उनी संसद समेत थिइन् । संसदमा उनले नयाँ शक्तिको प्रतिनीधित्व गरेकी थिइन् ।
निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले कुनै उम्मेद्वार दुई वटा पार्टीबाट सिफारिस भएको पाइए दुवैतिर स्वत: रद्द हुने बताएका छन ।हिजो मात्रै कोमल वलीले आफुलाई टिकट नदिएर एमालले धोका दिएको भनेकी थिइन् भने त्यहि क्षेत्रमा नै गंगा दुइ पार्टीबाट उम्मेद्वार ।