• होमपेज
  • समाचार
  • करिष्मा नयाँ शक्तिको समानुपातिक सूचीको एक नम्बरमा

करिष्मा नयाँ शक्तिको समानुपातिक सूचीको एक नम्बरमा

  • शनिबार, कार्तिक १८, २०७४
करिष्मा नयाँ शक्तिको समानुपातिक सूचीको एक नम्बरमा

काठमाडौं,कार्तिक १८-

नयाँ शक्ति पार्टी नेपालले अभिनेतृ करिष्मा मानन्धरको नाम समानुपातिकतर्फ एक नम्बरमा राखेको छ । नयाँ शक्तिले निर्वाचन आयोगमा पठाएको सूचीमा उनको नाम एक नम्बरमा रहेको छ । आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीमा करिष्माको नाम ३ हजार ४६९ नम्बरमा रहेको छ । नयाँ शक्ति नेपालले ३२९ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ ।

पार्टी गठनको सूरू देखि नै नयाँ शक्तिमा सक्रिय रहेकी करिष्मा पार्टीको सांस्कृतिक विभाग प्रमुख हुन् भने केन्द्रीय परिषद सदस्य पनि हुन् । ३ दशक नेपाली रजतपटमा सक्रिय करिष्मा जनताको सेवाका लागि भन्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा सक्रिय छिन् । उक्त पार्टी गठनका क्रममा अन्य कलाकार गए पनि अहिले भने अधिकांश कलाकार निस्क्रिय छन् ।

Facebook Comments

सम्बन्धित समाचार